आज मे १ अन्तर्राष्ट्रिय मजदुर दिवश

काठमाडौं,१८ बैशाख । आज मे १ अर्थात अन्तराष्ट्रिय मजदुर दिवस । विभिन्न कार्यक्रम गरि विश्वभर यो दिवस मनाईंदै   छ । नेपालमा पनि विविध कार्यक्रम गरी श्रमिक दिवस मनाइँदैछ । १३० औँ अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपालमा पनि विभिन्न मजदुर संघ संगठनले अन्तरक्रिया, गोष्ठी आदि कार्यक्रमको आयोजना गरेर दिवस मनाउँदैछन ।

सन् १८८६ मा अमेरिकाको सिकागोमो आठ घण्टा काम, आठ घण्टा आराम र ८ घण्टा मनोरञ्जननको माग गर्दै भएको आन्दोलन दबाउन बम प्रहार गरिएको घटनाको सम्झनामा मे १ मा श्रमिक दिवस मनाइन्छ । सोही आन्दोलनको सफलता पछि आठ घण्टा कामको व्यवस्था विश्वभर प्रचलनमा आएको हो । नेपालमा भने विराटनगरमा विसं २००७ मा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।

तर वि.सं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो । यो वर्ष मुलुकभर क्रियाशील ट्रेड युनियनको छाता सङ्गठन संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको अगुवाइमा सबै मजदुरले एकै थलोमा दिवस मनाउने भएका छन् ।

श्रमिक दिवसका अबसरमा भृकुटीमण्डपमा हुने सभालाई प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित विभिन्न दलका नेताले सम्बोधन गर्ने कार्यक्रम छ । यहीबीचमा सरकारले सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यले सामाजिक सुरक्षा योजनाको घोषणा गरेको छ भने श्रमिकको न्यूनतम पारिश्रमिक ३९ प्रतिशतले वृद्धि गरी १३ हजार ४ सय ५० रुपैयाँ (मासिक) कायम गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here