आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक अनिश्चित

काठमाडाैं, २४ पुस – प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तय गर्न आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक अनिश्चित बनेको छ । नेकपा एमाले र माओवादी केन्द्रले सरकारले तोकेका प्रदेश प्रमुखलाई लिएर विवाद गर्न सक्ने आशंकामा आजको मन्त्रिपरिषद् बैठक अनिश्चित बनेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बीरबहादुर बलायरले आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठकका बारेमा अहिलेसम्म कुनै जानकारी नआएको बताउनुभयो ।  यसअघि मन्त्रिपरिषद बैठक आज बस्ने भनिएपछि अहिले बैठक बस्ने–नबस्ने टुङगो लागि नसकेको प्रधानमन्त्रीको प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।

केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बेलाएर प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्न राजनीतिक सहमति जुटाउने प्रयास गरेका थिए । बैठक कुनै ठोस सहमतिमा नपुगेपछि कम्युनिष्ट गठबन्धनले सरकारलाई विवेक पुर्याएर प्रदेश प्रमुख नियुक्त गर्न सरकारलाई सुझाव दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here