आज नेपालले बंगलादेशसँग मैत्रीपूर्ण फुटवल खेल्दै

काठमाडौं, २७ असार– एएफसी यु–२३ च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाली टोलीले आज बङ्गलादेशसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । मैत्रीपूर्ण खेल सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को खेल मैदानमा दिउसो ३ बजे हुनेछ ।
विमल घर्ति मगर कप्तान रहेको टोलीका प्रशिक्षक राजु काजी शाक्य रहेका छन् । सहायक प्रशिक्षकमा प्रकाश अर्याल छन् भने गोलरक्षक प्रशिक्षक मृगेन्द्र मिश्र रहेका छन् । यही टिमले आगामी जुलाई १५ तारिखदेखि युएईमा हुने २३ वर्ष मुनीको एएफ्सी फुटबल छनोट चरण खेल्नेछ ।
च्याम्पियनसिप छनोटको समूह ‘डी’ मा रहेको नेपालले पहिलो खेल असार ३१ गते खेल्नेछ । आयोजक युएईसँगै नेपालको समूहमा उज्बेकिस्तान र लेबनान रहेका छन् ।

नेपालले पहिलो खेलमा आयोजक राष्ट्र युएईसँग खेल्दैछ भने साउन २ गते हुने दोश्रो खेलमा उज्बेकिस्तानको सामना गर्नेछ। समूहको अन्तिम खेलमा नेपालले साउन ४ गते लेबनानसँग खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here