आज खण्डग्रास चन्द्रग्रहण! कस्तो छ प्रभाव ?

काठमाडौं,३१ असार ।  आषाढ शुक्ल पूर्णिमाका दिन आज खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्दैछ । ग्रहणले राति १ बजेर ४६ मिनेट देखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र पोखरेलले जानकारी दिनु भयो ।

भोली बिहान ३ बजेर १५ मिनेटमा ग्रहणको मध्यकाल हुनेछ । भोली बिहान ४ बजे ४५ मिनेटमा मोक्षकाल अर्थात् ग्रहण सकिने उहाँले बताउनु भयो ।  उत्तराषाढा नक्षत्रमा लाग्ने ग्रहण धनु र मकर राशीका लागि कष्टकर हुने शास्त्रीय विश्वास छ । यी दुई राशीले ग्रहण हेर्नु हुँदैन ।

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षामन्त्र लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजीकका नदी, ताल, तलाउ, पोखरी र सम्भव नभए घरमै स्नान गर्नुपर्ने ‘निर्णयसिन्धु’, ‘हेमाद्री’ ‘कालमाधव’, ‘वीरमित्रोदय’ लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।आज अपराह्न ४ बजेर ४६ मिनेटदेखि बालक, वृद्ध र बिरामीलाई बाहेकलाई शास्त्रीय मान्यतानुसार भोजन निषेध रहेको उहाँले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here