आज अन्तराष्ट्रिय नर्स दिवस मनाइँदै

काठमाडौं,२९ बैशाख । आज विश्व नर्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा नेपाल नर्सिङ संघले आज काठमाडौंमा कार्यक्रम गर्दैछ । बिहान १० बजे राष्ट्रिय सभागृह प्रदर्शनी मागमा श्रममन्त्री गोकर्ण विष्टको प्रमुख आतिथ्यमा कार्यक्रम शुरु हुने संघका वरिष्ठ उपाध्यक्ष गंगा थापाले जानकारी दिनु भयो ।

फ्लोरेन्स नाइटिंगेलको जन्म दिनका अवसरमा हरेक वर्ष मे १२ मा विश्व नर्स दिवस मनाउने गरिन्छ । नेपालमा विसं. २०१३ देखि नर्सिङ पेशा शुरु भएको हो ।

विश्व नर्सिङ दिवस हरेक वर्ष मे १२ को दिनमा मनाउने गरिए पनि नेपालमा भने राष्ट्रिय नर्सिङ दिवस माघ १५ गते मनाइन्छ । नेपालमा ८७ हजार लाइसेन्स प्राप्त नर्स छन् । ती मध्य करिब ४८ हजार नर्सहरु बेरोजगार रहेको नर्सिङ् संघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here