आज अक्षय तृतीया,जौको सातु र सर्वत खाने दिन

काठमाडौं, ५ बैशाख । आज वैशाख शुक्ल तृतीयाको दिन, आजको दिन अक्षय तृतीया पर्व मनाइँदैछ ।  आजको दिन जौको सातु र  तथा  सर्वत खाने र खुवाउने चलन छ । यसो गर्नाले गर्मीयाममा शरीर स्वस्थ राख्न र पानीको मात्रा बढाउन सहयोग पुग्ने र धर्म हुने विश्वास गरिन्छ । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here