आजवाट विद्यार्थी भर्ना अभियान सुरु

काठमाडौं,१ वैशाख । आफ्ना वालवालिकालाई विद्यालयमा भर्ना गरिदिन अपिल गर्दै आजवाट विद्यार्थी भर्ना अभियान सुरु भएको छ । विद्यालय भर्नाका लागि विपन्नताका कारण विद्यालयमा जान नपाएका बालबालिकालाई दुई जोर पोसाक उपलब्ध गराइने भएको छ ।
वालवालीकाको  अपनत्व ग्रहण गर्न सबै नेपालीलाई अपिल गरिएको शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले वताउनु भयो । उहाँले “विद्यालयमा प्रवेश गर्न नै नपाएका बालबालिकालाई भर्ना गराउँदाको खुसी र गर्वको विषय अरु हुनै सक्दैन । त्यसैले आफ्ना टोल समाजमा भएका त्यस्ता बालबालिकालाई विद्यालयसम्म पु¥याइदिऔँ भनेर अपिल गरेको समेत वताउनु भएको छ ।
विद्यालयमा लगेर भर्ना गराइएका बालबालिकालाई दुई जोर पोसाक, एक जोर जुत्ता, शैक्षिक सामग्री लगायत करिब छ हजार रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ । त्यस्ता बालबालिकालाई पोसाक लगायत व्यवस्थापन गर्न भनेर सरकारले निजामती सेवाका सम्पूर्ण सचिवबाट एक÷ एक हजार रुपियाँ र सहसचिवबाट पाँच÷पाँच सय रुपियाँ उठाउने निर्णय गरेको छ ।
शिक्षा विभागका अनुसार आधारभूत तहमा सबैभन्दा बढी सर्लाही, धनुषा, रौतहट, पर्सा, बारा, कपिलवस्तु, मोरङ, सुनसरी, रूपन्देही, सप्तरी, सिरहा, महोत्तरी र बाँकेमा बालबालिका विद्यालयभन्दा बाहिर रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here