आजदेखि ४५ जिल्लामा सुक्ष्म अनुगमनकर्ता परिचालित

काठमाडौं,१५ मंसिर–  निर्वाचन आयोगले दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजबाट सुक्ष्म अनुगमनकर्ता खटाउने भएको छ ।

आयोगले आउँदो मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लामा उपसचिवस्तरका ८८ जना सुक्ष्म अनुगमनकर्तालाई आजबाट खटाउन लागेको हो ।
४५ जिल्लाका १ सय २८ निर्वाचन क्षेत्र अनुगमनकर्ताहरुले आजदेखि २२ गतेसम्म सूक्ष्म अनुगमन गर्नेप्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा देखिएका आचारसंहिता विपरितका क्रियाकलापका बारेमा उनीहरुले आयोगलाई जानकारी गराउनुपर्नेछ ।
यसअघि आयोगले निर्वाचन प्रक्रिया, सूक्ष्म अनुगमनकर्ताको भूमिका र जिम्मेवारी, निर्वाचन आचारसंहिताको पालना र उल्लङ्घन भएमा हुने कारबाहीलगायतका विषयमा सूक्ष्म अनुगमनकर्तालाई प्रशिक्षण दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here