काठमाडौं, २७ बैशाख– स्थानीय तहको निर्वाचन अन्तर्गत पहिलो चरणमा मतदान हुन लागेका सबै मतदान केन्द्रमा आज निर्वाचन टोली पुग्ने भएको छ ।
पहिलो चरणको निर्वाचन हुने ३४ जिल्लाका सबै मतदान केन्द्रमा अधिकृत सहितको टोली पुग्ने र भोलीदेखि मतदाता परिचयपत्र वितरण शुरु गर्ने निर्वाचन आयोगले जनाएको छ ।
साढे ६ हजार जति मतदान केन्द्रहरुमा मतदान सम्पन्न गर्न सुरक्षाकर्मी बाहेक करिब ४६ हजार कर्मचारी र स्वयमसेवक खटाइएको आयोगले जनाएको छ ।
बैशाख १९ गते उम्मेदवारी दर्ता भए यता २ सय ८३ वटा निर्वाचन अधिकृतको कार्यालयबाट चुनावी कार्यक्रम गर्दै आएकोमा आजदेखि निर्वाचन संयन्त्र सबै मतदान केन्द्रमा पुग्ने आयोगका प्रबक्ता सुर्यप्रसाद शर्मामा जानकारी दिनुभयो।
मतदानस्थलको व्यवस्थापन, मतदाता परिचयपत्र वितरण जस्ता काम गर्ने गरि मतदान अधिकृत नेतृत्वको टोली आयोगले तीनवटै प्रदेशमा पठाएको आयोगका प्रवक्ता शर्माको भनाई छ ।

