आजदेखि प्रधानमन्त्री देउवा सरकारी निवास बालुवाटारमा

web

काठमाडौं, ५ असार–प्रधानमन्त्रीमा निर्वाचित भएको दुई सातापछि प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सर्नुभएको छ ।
जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका देउवा आज बिहान ५ः२० बजेको साइतमा बालुवाटार सर्नुभएको उहाँका सहयोग भानु देउवाले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीमा निर्वाचित भएपनि देउवा आफ्नै निवास बुढानिलकण्ठमा बस्दै आउनुभएको थियो । सरकारी निवासको रङरोगन र मर्मतपछि देउवा आज बिहानै बालुवाटार सर्नुभएको हो । यसअघि ज्योतिषले निवास सर्ने उपयुक्त साइत नभएको बताएपछि सर्नमान्नुभएको थिएन ।
सचिवालयका केही कर्मचारसँगै आज प्रधानमन्त्री सरकारी निवास प्रवेश गर्नुभएको हो । सरकारी निवास प्रवेशसँगै हिन्दु परम्पार अनुसार पूजा गरिएको छ । प्रधानमन्त्री सर्नुअघि सात वर्षदेखि हुन नसकेको सरकारी निवासको मर्मत र रङरोगन समेत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here