आजदेखि तपाईको टीभीमा झिरझिर आउन सक्छ, किन यस्तो ?

काठमाडौं, १५ बैशाख–   लामो समयको अध्ययन र प्रयास पछि सरकारले आजदेखि टीभी हेर्ने प्रविधीलाई परिवर्तन गर्दै छ ।
देशका महानगरपालिका र केही उपमहानगरपालिकाभित्र सञ्चालित केबल टेलिभिजनहरु आजदेखि डिजिटल प्रविधिमा रुपान्तरण हुदैँछन् ।
सरकारले पहिलो चरणमा महानगर र उपमहानगर, दोस्रो चरणमा आउँदो कात्तिक १५ सम्म नगरपालिका र २०७७ वैशाख १५ सम्म सबै गाउँपालिकामा डिजिटल प्रविधिमा आधारित टेलिभिजन पुर्याउनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ ।
आजबाट महानगरपालिका र केही उपमहानगरपालिकामा सञ्चालित सबै केवल सेवा प्रदायक डिजिटलमा जानुपर्ने बाध्यकारी व्यवस्था भएको मन्त्रालयका सहसचिव रमचन्द्र ढकालले जानकारी दिनुभयो ।
विदेशी राष्ट्रमा डिजिटलमा लैजाने समय तोकेपछि एनालग प्रविधिलाई कटअफ गर्ने गरिए पनि नेपालले भने त्यस्तो व्यवस्था नभएको मन्त्रालयका उपसचिव अनुप नेपालले बताउनुभयो ।
आजदेखि एनालग टेलिभिजन डिजिटलमा जाने र त्यसको अनुपात हेरेर एनालग कटअफ समय तोकिने उहाँले जानकारी दिनुभयो ।
आजदेखि नै एनालग प्रविधि पूरै बन्द भने नहुने र डिजिटलमा रुपान्तरण गर्ने समय तोकिने बताइएकोछ ।
अन्र्तराष्ट्रिय दुरसन्चार संगठनले आफ्ना सदस्य राष्ट्रहरुका सबै टेलिभिजनलाई डिजिटलमा लैैजाने अभियान बमोजिम नेपालले बाध्यकारी रुपमा एनालगबाट डिजिटलमा जानुपर्ने भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here