काठमाडौं,३० चैत । पुष्प व्यवसायको विकास र विस्तारका लागि आजदेखि काठमाडौँमा पुष्प प्रदर्शनी शुरु हुँदै छ । ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ आगामी वैशाख ३ गतेसम्म भृकुटीमण्डपमा प्रदर्शनी चल्ने आयोजक फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको छ ।
मेलामा मौसमी फूल, आलङ्कारिक बोटबिरुवा, सभा सम्मेलनका लागि प्रयोग गरिने कट फ्लावर, फूलको गानो, बीउबिजन, हरितगृह, कृषि औजारजस्ता सामग्री रहने छन् । मेलामा फूलका ८२ कक्ष रहने एशोसिएशनका अध्यक्ष कुमार कसैंजु श्रेष्ठले बताउनुभयो ।

