आचारसंहिता नमान्नेलाई मत नदिनोस्ः आयुक्त पौडेल

वीरगञ्ज,१९ भादैं– निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले नेकपा (एमाले)का एक वरिष्ठ नेताले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको स्वीकार गरेको जानकारी दिनुभएको छ ।

वीरगञ्जमा चुनाव प्रचारका क्रममा आचारसंहिता उल्लङ्घन भयो भनेर आयोगले मागेको स्पष्टीकरणको जवाफमा ती नेताले गल्ती स्वीकारेर पत्र नै आयोगमा पठाएको पौडेलले बताउनुभयो ।

जिल्ला निर्वाचन कार्यालय पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आयुक्त पौडेलले दलहरुकै सहमतिमा तयार भएको निर्वाचन आचार संहितालाई नमान्ने दलका उम्मेदवारलाई मत नदिन सर्व साधारणसँग अपिल गर्नुभयो ।

उहाँका अनुसार तेस्रो चरणको स्थानीय तह निर्वाचनमा आचारसंहिता उल्लङ्घन भए नभएको अनुगमन गर्न केन्द्रबाटै २ नम्बर प्रदेशको आठवटै जिल्लामा दुई जना विशेष प्रतिनिधि खटाइएकोे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here