आङछिरिङ शेर्पाका परिवारलाई भेटी सभामुख महराले के भने ?

सभामुख कृष्णबहादुर महराले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाका परिवारलाई भेटी धैर्यधारण गर्न आग्रह गरेका गर्नुभएकाे छ । सोमबार दिउँसो वालुवाटारस्थित आङछिरिङको घरमा पुगी सभामुख महराले शेर्पा परिवारलाई सान्त्वना दिनुभयाे ।

आङछिरिङको निधनले पर्यटन र हवाइ क्षेत्रमा निकै ठूलो क्षति भएको भन्दै सभामुख महराले देशलाई उनको अभाव सधैं खट्किरहने बताउनुभयाे । पछिल्लो समय नेपालमै पाइलट ट्रेनिङ सेन्टर खोल्ने विषयमा आङछिरिङ र आफूले छलफल गरिरहेको स्मरण गर्दै सभामुख महराले दाङमा पाइलट ट्रेनिङ खोल्छु भनेर शेर्पाले आफुलाई भनेको बताउनुभयाे ।

सभामुख महराले आङछिरिङकी श्रीमती, दाजु र छोरालाई धैर्यधारण गर्न र कठीन परिस्थितिको सामना गर्न अनुरोध गर्दै समवेदना व्यक्त गरेका गर्नुभयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here