आगोमा जलेर एक जनाको मृत्यु

file photo

गुल्मी,१माघ । गुल्मीमा आगोमा जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका–१ मा गोठमा लागेको आगो निभाउने क्रममा जलेर ५१ वर्षीय जीतबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

नेपालीको सोमबार राति गोठमा आगलागी भएको थियो । आगो निभाउने क्रममा जलेर घाइते भएका नेपालीलाई गएराति नै उपचारका लागि पाल्पा लगिएको थियो । उपचार गर्दागर्दै उहाँको मृत्यु भएको प्रहरी निरीक्षक रवीन्द्र खड्काले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here