आगामी वर्ष आर्थिक वृद्धि दर आठ प्रतिशत पुग्ने गृहमन्त्रीको विश्वास

मोरङ,१८ जेठ । गृहमन्त्री रामबहादुर थापाले आगामी वर्ष मुलुकको आर्थिक वृद्धि दर आठ प्रतिशत पुग्ने बताउनुभएको छ ।

प्रेस चौतारी र प्रेस सेन्टर मोरङद्वारा संयुक्त रुपमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारद्वारा गत मंगलबार प्रस्तुत बजेटले मुुुलुकमा विकास र समृद्धि कायम भई आगामी केही वर्षभित्र आर्थिक वृद्धि दर दुई अंक भन्दा बढी कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

गृहमन्त्री थापाले प्रधानमन्त्रीको हालैको भारत भ्रमण र आगामी दिनमा हुने चीन भ्रमणवाट वैदेशिक सम्बन्ध थप सुढृढ हुने बताउँदै यसबाट मुलुकमा विकास र समृद्धि कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गर्नुभयो ।

मुलुकमा केही वस्तुको मूल्य वृद्धि आन्तरिक कारण नभै अन्तर्राष्ट्रिय बजारका कारणले भएको उल्लेख गर्दै उहाँले कालोबजारी हुनै नदिन र भएपनि त्यसको नियन्त्रणका लागि वर्तमान सरकार दृढ संकल्प रहेको छ भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here