आगलागी

बाजुरा, ६ वैशाख- बडीमालिका नगरपालिका–९ मा आज कृष्णबहादुर सिंहको घरमा आगलागी हुँदा चार लाख बराबरको क्षति भएको छ ।

विद्युत्को तार सट भएर आगलागी भएपछि घरमा भएका लत्ताकपडा, टिभी, अन्नलगायत सामग्री जलेर नष्ट भएको प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिनुभयो ।

प्रहरी कार्यालय नजिकैको घरमा आगलागी भएकाले आधा घण्टामा नै उक्त आगो नियन्त्रणमा लिन प्रहरी सफल भएको वलीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here