आगलागीबाट सात घर जलेर नष्ट

web photo

मुगु, ५ असार । सोरु गाउँपालिका–८ गिलाह गाउँमा आज आगलागी हुँदा सात घर जलेर नष्ट भएका छन् ।

आगलागीबाट स्थानीय दानबहादुर शाही, जयबहादुर शाही, कालीबहादुर बम, नाना रावल, रङ्गेश्वर रोका, नैनसिंह रावल र सुकवीर रावलको घर जलेर नष्ट भएको पीडित दानबहादुरका छोरा गणेशबहादुरले बताउनुभयो ।

आगलागीबाट कालीबहादुरको एउटा गाई जलेर मरेको छ भने जयबहादुरको घरमा पसल गर्ने निमबहादुर बमको पसल जलेर नष्ट भएको छ ।

वडा नं ८ का नवनिर्वाचित वडाध्यक्ष जनक रावलको घरबाट आगलागी सुरु भएको र आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । आगलागीबाट लाखौँको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here