आकाशमै ठुलो दुर्घटना हुनबाट बच्यो, दुई जहाज

काठमाडौं,४ चैत । काठमाडौं आउदै गरेको इत्तिहाद एयरको एयरबस ए ३२० र भियतनामको राजधानी हो चि मिन्हबाट पेरिस जादै गरेको एयर फ्रान्सको बोइङ ७७७ आकाशमै ठोक्किनबाट बालबाल बचेको छ ।

दुबै जहाजको पाइलटको सावधानीका कारण दुई विमान ठोक्किनबाट बचेको हो । पाकिस्तानले आफ्नो आकाशमाथि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउँदा भारतीय आकाशमा हवाई ट्राफिकको चाप बढेकाले यो स्थिति आएको हो ।
चार दिनअघि गत शुक्रबार मुम्बईको आकाशमा यो घटना भएको हो । टाइम्स अफ इन्डियाका अनुसार, दुबै जहाजका पाइलटले तत्कालै उचित कदम नचालेको भएको केही सेकेन्डमै जहाज ठोक्किन सक्थ्यो । टाइम्स अफ इन्डियाका अनुसार, गत शुक्रबार स्थानीय समयअनुसार १ बजेर ४० मिनेट जाँदा मुम्बईको एयर ट्राफिक कन्ट्रोलले काठमाडौं आउने क्रममा रहेको इत्तिहादको जहाजलाई ३३,००० हजार फिट माथि उडाउन आदेश दियो ।

उचाई लिने क्रममा सो जहाज अर्को दिशाबाट आइरहेको एयर फ्रान्सको जहाजसँग आमने सामने भएको थियो । सो क्रममा दुई जहाज तीन नटिकल माइल अर्थात केही सेकेण्ड मात्र एक अर्काबाट टाढा थिए ।
भारत र पाकिस्तानका वायुसेनाबीच विवादस्पद कस्मिरमा केही समय अघि अप्रिय घटना भएपछि पाकिस्तानले आफ्नो आकाशमा अन्तर्रा्ष्ट्रिय जहाज उड्न प्रतिबन्ध लगाइरहेको छ । सो प्रतिबन्धका कारण व्यावसायिक जहाज पाकिस्तानी आकाश भएर उड्न पाएका छैनन् । अहिले नेपाल तथा पुर्वी एसिया जाने सबै जहाज हिन्द महासागर हुँदै भारतको आकाश भएर उड्नुपर्ने बाध्यता छ । पाकिस्तानको आकास नखुल्दा खाडी मुलुक र युरोपबाट नेपाल आउने जहाजहरु हिन्द महासागर हुँदै भारत छिरेर नेपाल आउने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here