काठमाडौं,२४ चैत । नेपाली आकाशमा नयाँ हेलिकप्टर थपिएको छ । साढे दुई दशकभन्दा बढी अवधिदेखि पर्यटन व्यवसायमा संलग्न व्यवसायीले स्थापना गरेको अल्टिच्यूड एयरले नयाँ हेलिकोप्टर नेपाल भित्र्याएको हो ।
एयर बस कम्पनीले सबैभन्दा पछिल्लो प्रविधिद्धरा निर्मित एयर बस एच–१२५ बी ३ ई नामको ६ सिटे हेलिकप्टर मलेसिया, थाईल्याण्ड, म्यानमार, बंगलादेशहुँदै बुधबार काठमाडौं आईपुगेको हो ।
कम्पनीले यसअघिनै दुई हेलिक्पटर ल्याईसकेको बजार प्रमुख सिताराम सापकोटाले जानकारी दिनुभयो । केही दिन भित्रै नेपाली आकासमा काठमाडौं भित्रिएको नयाँ हेलिकप्टरले नियमीत उडान भर्ने बजार प्रमुख सापकोटाले बताउनुभयो ।
हेलीकप्टर २२ हजार फिटसम्म सहजै उडान भर्न सक्छ । ६ यात्रु र एक जना पाइलट बस्न मिल्ने सिट भएको यो हेलिकप्टरको लागत मुल्य ३५ करोड रुपैयाँ प्रमुख सापकोटाले जानकारी दिनुभयो ।

