आईसीसी विश्वकपमा आजदेखि अभ्यास खेल सुरु

एजेन्सी । आईसीसी विश्वकप क्रिकेट अन्तर्गत आजदेखि अभ्यास खेल सुरु हुँदैछन् । आज दिउँसो नेपाली समय अनुसार सवा ३ बजे हुने अभ्यास खेलमा आज पाकिस्तान र अफगानिस्तान खेल्ने छन् ।

आजै दक्षिण अफ्रिका र श्रीलंका खेल्दैछन् । विश्वकपकोे उद्घाटन खेलमा इंग्ल्याण्ड र दक्षिण अफ्रिका ३० तारिखमा खेल्नेछन् । आईसीसीले यस पटकदेखि विश्वकपका अभ्यास खेलको पनि प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ । विश्व कपमा सहभागी १० टिमले लिग चरणमा सबैले सबैसँग प्रतिस्पर्धा गर्नेछन् ।

लिग चरणको खेल सकिएपछि शीर्ष चार टिमका बीचमा सेमिफाइनल र फाइनल खेल हुनेछ । सेमिफाइनलमा पहिलो र तेस्रो स्थानको टिम तथा दोस्रो र चौथो स्थानको टिमले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here