आईजीपी नियुक्ति विवाद हेर्दाहेर्दैमा वित्यो समय

काठमाडौं, २३ असार – नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति विवाद मुद्दा सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ । सात सदस्यीय बृहत् पूर्ण इजलासले मुद्दाको अर्को सुनुवाइ आउँदो साउन १९ गतेका लागि तोकेको छ । पाँचपटकसम्म स्थगित भएपछि जेठ १८ गते पहिलोपटक त्यस मुद्दाको सुनुवाइ भएको थियो ।

तर, त्यसपछिको पेसीमा मुद्दा स्थगित हुँदै आएपछि बिहीबार सुनुवाइ भएको थियोे ।  गत जेठ १८ गते पनि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । तर, असार १ गतेको पेसी स्थगित भएको थियो ।

यसबीचमा मुद्दा सुनुवाइमा संलग्न न्यायाधीश जगदीश शर्मा पौडेलले अवकाश पाएपछि नयाँ इजलासमा बिहीबारदेखि मुद्दाको सुनुवाइ सुरु भएको हो । आजको गोरखापत्रमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here