आइपीएल क्रिकेटमा आज दुई खेल हुने

काठमाडौं,१६ वैशाख । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा आज दुई खेल हुनेछन् । पहिलो खेलमा राजस्थान रोयल्स र सनराईजर्स हैदरावाद भिड्दा दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर र कोलकाता नाईट राईडर्सबीच प्रतिस्पर्धा हुनेछ । गएराति भएको खेलमा शीर्ष स्थानको चेन्नई सुपर किङ्सलाई ८ विकेटले हराउँदै मुम्बईले जित निकालेको छ ।
चेन्नाईले दिएको १ सय ७० रनको लक्ष्य मुम्बईले खेलमा २ बल बाँकी छँदा २ विकेट गुमाएर पार ग¥यो । यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६९ रन जोडेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here