आइपीएलः मुम्बई पराजित

एजेन्सी– राइजिङ पुणे सुपरजाइन्टस् इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको फाइनलमा पुगेको छ ।  लिग अन्तर्गत गएराती भएको पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई २० रनले हराउँदै पुणे फाइनलमा पुगेको हो ।
१ सय ६३ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रन मात्रै बनाउन सक्यो । यसअघि खेलमा पहिले ब्याटिङ गरेको पुनेले ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।
जितसँगै पुने फाइनलमा पुग्दा मुम्बई इन्डियन्सले भने दोस्रो क्वालिफायर खेल्नुपर्ने भएको छ । आईपीएल क्रिकेटको दोस्रो प्ले अफ खेलमा आज सनराईजर्स हैदरावाद र कोलकाता नाइट राइडर्स भिड्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here