आइपिएल क्रिकेटमा दिल्ली ६ अंकसहित छैटौं स्थानमा

एजेन्सी– इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत गएराती भएको खेलमा दिल्ली डेयरडेभिल्स विजयी भएको छ । फिरोज शाह कोट्ला रंगशालमा भएको खेलमा सनराइजर्स हैदरावादलाई ६ विकेटले हराउदै दिल्ली विजयी भएको हो ।

हैदरावादले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य दिल्लीले ५ बल बाँकी हुँदा ४ विकेटको क्षतिमा भेट्टाएको थियो । यसअघि पहिलो ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ८५ रन बनायो ।

९ खेलमा तेस्रो जित दर्ता गरेको दिल्ली ६ अंकसहित अंकतालिकाको छैटौं स्थानमा छ । यस्तै ११ खेलमा ६ खेल जितेर १३ अंक जोडेको हैदरावाद तेस्रो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here