आइपिएल क्रिकेटमा दिल्ली विजयी

एजेन्सी–  इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गएराती भएको खेलमा दिल्ली डेयरडेभिल्स विजयी भएको छ ।

फिरोज शाह कोट्ला रंगशालमा भएको खेलमो राइजिङ पुणे सुपर जायन्टलाई ७ रनले पराजित गर्दै दिल्ली विजयी भएको हो ।
१ सय ६९ रनको लक्ष्य पछ्याएको पुणेले निधाएरित २० ओभरमा ७ विकेटको गुमाउदै १ सय ६१ रनमात्र बनाउन सक्यो । यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले ८ विकेटको क्षतिमा १ सय ६८ रन बनाएको थियो ।
दिल्ली १३ खेलबाट १२ अंकसहित छैटौं स्थानमा छ भने, १३ खेलबाट १६ अंक जोडेको पुणे तेस्रो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here