आइपिएलमा रोमान्चक खेल…मुम्बई इन्डियन्स फाइनलमा

एजेन्सी–मुम्बई इण्डियन्स आइपीएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको दोस्रो प्लेअफमा कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गर्दै मुम्बई आइपीएल क्रिकेटको फाइनलमा पुग्न सफल भएको हो । योसँगै मुम्बई पाँच वर्षमा तेस्रो पटक आइपीएल क्रिकेटको फाइनलमा स्थान बनाउन सफल भयो ।

कोलकाताले दिएको १०८ रनको लक्ष्य पछ्याएको मुम्बईले १४ दशमलब ४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। मुम्बईका लागि कुर्नाल पाण्डेयले सर्वाधिक ४५ रनको योगदान दिए। यस्तै, कप्तान रोहित शर्माले २६, पार्थिव पटेलले १४ तथा किरोन पोलार्डले ९ रनको जोडेका थिए ।

कोलकाताका लागि पियुस चावलाले २ तथा नाथन कल्टर निल र उमेश यादवले १–१ विकेट लिए । यसअघि पहिले व्याटिङ गरेको कोलकाताले निर्धारित १८ दशमलब ५ ओभरमा अलआउट हुँदै १०७ रन बनाएको थियो। उसका लागि सुर्यकुमार यादवले ३१, इशांक जग्गीले २८, कप्तान गौतम गाम्भिरले १२ र सुनिल नारायणले १० रन जोडे ।

कोलकातालाई सस्तैमा समेट्न मुम्बईका लागि कर्ण शर्माले ४, जस्प्रित ब्रुर्माले ३ , मिचेल जोनसोनले २ तथा लाथिस मालिङ्गाले १ विकेट लिएका थिए ।

यसअघि सिधै फाइनल प्रवेशका लागि भएको खेलमा राईजिङ पु्णे सुपरजाइन्ट्ससँग पराजित भएपछि मुम्बईले प्लेअफमा कोलकातालाई हराउँदै फाइनलमा स्थान बनाउन सफल भएको हो।

आइपीएलको उपाधिका लागि मुम्बईले राइजिङ पुणेसँग भोलि राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल्नेछ। खेल नेपाली समयअनुसार भोलि राति सवा ८ बजेदेखि सुरु हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here