काठमाडौं,२४ चैत । इन्डियन प्रिमियर लिग (आइपिएल) को ११ औं संस्करण आजदेखि सुरु हुँदैछ । शृंखलाको पहिलो खेलमा आज चेन्नई सुपर किंग्स र मुम्बई इन्डियनबीच प्रतिस्पर्धा हुनेछ । खेल चेन्नईको घरेलु मैदानमा हुने छ ।
आइपिएल स्पट फिक्सिङ घटनापछि दुई वर्षका लागि निलम्बित चेन्नई सुपर किंग्स यसपटक प्रतियोगितामा सहभागी भएकाले पनि चेन्नईमा हुने यो म्याच घरेलु दर्शकका लागि महत्वपूर्ण भएको छ ।
मुम्बई इन्डियन्स साविक बिजेता टिम हो । यी दुवै टिमबीचको भिडन्त निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

