आँप बगैचामा भेटियो युवकको शव

महोत्तरीः२३ बैशाख– महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा आँप बगैँचामा झुण्डिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार महोत्तरी गाउँपालिका–१ स्थित आँपको बगैँचामा स्थानीयवासी ३३ वर्षीय सुनिल यादवको शव झुण्डिएको अवस्थामा बरामद भएको हो ।

तर युवक यादव आफै झुण्डिएर मरेको वा उनको मृत्यु के कति कारणले भएको बारेमा प्रहरीले आवश्यक अनुसन्धान शुरु गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here