अाजदेखि लागुभयाे शिक्षित युवालक्षित कर्जा ,प्रमाणपत्र धिताेराखी ७ लाखसम्म ऋण

काठमाडाैं,१२ असाेज । सरकारले घोषणा गरेको शिक्षित युवालक्षित कर्जा व्यवस्था आजदेखि कार्यान्वयनमा आएको छ। नेपाल राष्ट्र बैंकले विहीबार बैंक तथा वित्तीय सँस्थाहरुलाई परिपत्र गर्दै अाजदेखि यो सेवा सुरु गर्न निर्देशन गरेको हो। राष्ट्रबैंकले सहुलियतपूर्ण कर्जाका लागि व्याजअनुदान संम्बन्धी एकिकृत कार्यविधि २०७५ जारी गरेको छ।

सरकारले चालु अार्थिक वर्षकाे बजेट वक्तव्यमा यस्ताे कार्यक्रम ल्याउने बताएकाे थियाे। शैक्षिक उपाधि पाएका तर उद्यामशीलता हासिल गर्न नसकेका युवालाई स्वरोजगार बनाउन यस्तो कर्जा व्यवस्था ल्याएको हो। ‘बेरोजगार रहेका युवालाई स्वरोजगार बनाउने सरकारी योजना अनुसार वित्तीय सस्थालाई यस्तो कर्जा प्रदान गर्न हामीले बाटो खोलिदिएका हौ,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले जानकारी दिनुभयाे ।

राष्ट्रबैकले गरेको यो व्यवस्थाअनुसार अव कम्तिमा स्नातक उत्तिर्ण युवाले राष्ट्रबैंकले तोकेको क्षेत्रमा लगानी गर्ने गरी वाणिज्य बैंक विकास बैंक तथा फाइनान्स कम्पनीबाट शिक्षित युवा स्वरोजगार कर्जा शिर्षकमा बढीमा ७ लाख रुपैयाँसम्म ऋण पाउनेछन्। कार्यविधिअनुसार यो ऋणमा बैंकहरुले आफ्नो आधार व्याजदरमा २ प्रतिशतभन्दा धेरै व्याज लगाउन पाउने छैनन्। यसरी निर्धारण गरिएको व्याजमध्ये ५ प्रतिशत रकम वाणिज्य बैंकहरुले राष्ट्रबैंक मार्फत पाउने छन् भने वाँकी व्याज कर्जा ग्राहीले ।

५ वर्षको अवधिका लागि पाइने यो कर्जाका लागि युवाले शैक्षिक प्रमाणपत्रको सक्कलप्रति नै धितो राख्नुपर्ने हुन्छ।
शिक्षित युवा स्वरोजगार कर्जाका लागि कृषि व्यवसाय, पशुपन्छीपालन, सिँचाई तथा सिँचाई उपकरण, कृषि औजार वा संयन्त्र, वन विकास तथा चरन विकास, जग्गा विकास तथा भू संरक्षणका क्षेत्रमा मात्र कर्जा लिन पाइने व्यवस्था गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here