अहिलेको सामाजिक ट्रेन्ड राष्ट्रिय एकताः प्रधामनन्त्री ओली

काठमाडौं,२० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वभौमसत्ता सम्पन्न नागरिकलाई रैती बनाउन नकिने  बताउनुभएको छ । काठमाण्डौमा सुरु भएको राष्ट्रिय विकास परिषदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नागरिकलाई रैती बनाउन खोज्छु भन्ने सपना देखेको भए त्यो दुःस्वपन मात्रै भएको दावी गर्नुभयो ।

पटक–पटक अल्पमतको सरकारबाट दिक्क भएर नागरिकले बहुमतको सरकार बनाएको स्मरण गराउनुभयो ।  अल्पमतको सरकारमा हुने कहिले कसलाई पछार्ने कहिले कसलाई ढलाउने परिपाटीको अन्त्य भएको प्रधानमन्त्री ओलीको भनाई थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्व व्यवस्थापन, शान्ति पुनःस्थापनालगायतका क्षेत्रमा उल्लेख्य काम भएको पनि बताउनुभयो । उहाँले राष्ट्रिय राजनीतिको ट्रेन्ड सामाजिक असन्तुष्टिभन्दा पनि निर्माणको ट्रेन्ड भएको बताउनुभयो । विभिन्न समुदायबीच रहेको अन्तरविरोध अन्त्य भएको भन्दै अहिलेको सामाजिक ट्रेन्ड राष्ट्रिय एकता भएको उल्लेख गर्नुभयो ।आफूहरु समाज परिवर्तनका लागि अगाडि बढेको पनि प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here