अस्पतालको घटना छानविन गर्न डीआइजी नेतृत्वको टोली जुम्लामा

काठमाडौं,७ साउनःकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनसनरत डा.गोविन्द केसीलाई सरकारले जवरजस्ती काठमाडौं लैँजादा भएको घटनाको छानविन गर्न डीआइजी नेतृत्वको प्रहरी टोली जुम्ला पुगेको छ ।

नेपाल प्रहरीका डीआइजी सुरेन्द्र विक्रम शाह, एसपी केदार रजौरे र डीएसपी चुडामणी बुढाथोकीको तीन सदस्यीय छानविन टोलीले डा. केसी अनशन बसेको दिन गत असार १६ गतेदेखि काठमाडौं ल्याउने दिन गत बिहीवारसम्मको अध्ययन गर्नेछ ।

डा. केसीलाई काठमाडौं ल्याउने क्रममा गत बिहीवार भएको झडपमा प्रहरी, चिकित्सक, विद्यार्थी र केसी समर्थक समेत गरी २५ जना बढी घाईते भएका थिए भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here