अस्पतालका कर्मचारीलाई ‘अभद्र व्यवहार’ गर्नेलाई सार्वजनिक मुद्दा

विराटनगर, २४ चैत ।  विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीमाथि दुव्र्यवहार गर्ने चारजना विरुद्ध ‘अभद्र व्यवहार’ अन्तर्गतको मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोज केसीका अनुसार शनिबार साँझ अस्पतालपरिषरमा चिकित्सकमाथि अभद्र व्यवहार गर्दै हुलज्जत गर्ने मोरङ जहदा गाउँपालिकाका विनोद राय, उमेश राय, जागवत सहनी र प्रमोद रायलाई पक्राउ गरिएको थियो ।
उनीहरुविरुद्ध आज म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो । प्रहरीका अनुसार, मादकपदार्थ सेवन गरेका उनीहरुले अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सक सुनिलबावु खनालसहित अन्य कर्मचारीलाई दुर्व्यवहार गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here