अस्थायी शिक्षकलाई वार्तामा बोलायो सरकारले

काठमाडौँ, ६ असार । अस्थायी शिक्षकका रूपमा कार्यरत सबैलाई सामान्य प्रक्रिया पु¥याई स्थायी गर्न माग गर्दै अनशनरत अस्थायी शिक्षक सङ्घर्ष समितिलाई शिक्षा मन्त्रालयले सार्थक वार्ताका लागि आह्वान गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले आज बेलुकी अनशनरत स्थल पुगी वार्ताका लागि आह्वान गर्नुभएको समिति सचिवालय सदस्य विष्णुप्रसाद पनेरुले जानकारी दिनुभयो ।

समितिले माग पूरा गर्ने गरी भरपर्दाे वार्ताको सुनिश्चितता नभएसम्म वार्तामा बस्न नसकिने अडान राख्दै आएको छ ।

विभेदकारी भनिएको विज्ञापन खारेज गर्नुपर्ने, विगतका विज्ञापनबाट विस्थापित शिक्षकलाई स्थापित गर्नुपर्ने, सेवा अवधि गणना गर्नुपर्नेलगायत माग समितिले गरेको छ । माग पूरा गराउन राजधानीको भद्रकालीमा पाँच शिक्षक यही असार २ गतेदेखि आमरण अनशन बस्नुभएको छ ।

अनशनमा रहेका शिक्षकमा किसुन यादव, जितबहादुर गुरुङ, कलावती जोशी, सुलेखादेवी कायस्थ र कलु केसी हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here