असिना पानी र हावाहुरीले लाखौँको बालीनालीमा क्षति

दाङ, १८ वैशाख-आइतबार राति परेको असिना पानी र हावाहुरीले जिल्लाका विभिन्न भागमा लाखौँको बालीनालीमा क्षति भएको छ ।

असिना पानीले देउखुरीको लमहीको कोलही क्षेत्रदेखि गढवा क्षेत्र तथा अन्य क्षेत्रमा लगाइएका तरकारी बालीमा व्यापक क्षति पु¥याएको त्यहाँका किसानले बताएका हुन् । देउखुरीमा बेमौसमी खेतीका रुपमा प्रख्यात बगर खेतीमा फल्न थालेका बोडी, भिन्डी, करेला र लौका खेतीमा व्यापक क्षति पु¥याएपछि त्यहाँका किसान निराश छन् ।

‘‘आइतबारको असिना पानीले खेतबारीको सबै तरकारी खेती नष्ट गरिदिएको छ, अब हातमुख जोर्ने विकल्पसमेत रहेन”, तरकारी किसान कुन्ती चौधरीले भन्नुभयो । उहाँ जस्तै देउखुरीमा व्यावसायिक तरकारी खेती गर्ने करीब १०० भन्दा बढी परिवार यसबाट प्रभावित भएका छन् ।

त्यसैगरी रामपुरको बुका क्षेत्रमा पनि बेमौसमी तरकारी खेती हावाहुरी र असिनाले सखाप बनाएको त्यहाँका किसानले बताएका छन् । बेमौसमी तरकारी बालीमा क्षति पु¥याएसँगै सोमबारदेखि देउखुरीमा तरकारीको भाउ अचाक्ली बढेको उपभोक्ताले बताएका छन् । तरकारीको मूल्य पनि करीब दोब्बर महँगो भएको लमहीकी उपभोक्ता यमुना केसीले बताउनुभयो ।

हावाहुरीसँगै जिल्लाको जनजीवनसमेत प्रभावित भएको छ । असिना, हावाहुरी र चट्याङले जिल्लाका विभिन्न क्षेत्रमा विद्युत्का पोलमा क्षति पु¥याउँदा आइतबार रातिदेखि विद्युत् सेवा कहीँ ठप्प तथा कहीँ अनियमित रुपमा प्रसारण भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here