काठमाडौं,२९ असार । ब्लुबुक (सवारी धनीपत्र) बनाउनका लागि सिफारिसपत्र लिन ट्राफिक प्रहरी कार्यालय पुगेका एक पूर्वराजदूत आफ्ना निजी चालक खम्बिरमान थापाको कर्तुत थाहा पाएर आश्चर्यमा परे । nचालक थापाले हराएको भन्दै आएको ब्लुबुक मापसे कारबाहीमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थाहा पाएपछि उनी आश्चर्यमा परेका हुन् ।
पटकपटक मापसे कारबाहीमा परेका चालक थापाले आफ्नो चालक अनुमतिपत्रमा थप ‘प्वाल’ पर्नबाट जोगाउन ब्लुबुक बुझाएका थिए तर थापाले ब्लुबुक हराएको भन्दै नयाँ बनाउन पूर्वराजदूतलाई सुझाव दिएका थिए
दुई सवारी धनीका अनुसार इमानदार र असल चालकको खडेरी नै छ । “गाडी दुर्घटनामा प¥यो भनेका थिए”, व्यवसायी अन्सारीले भने, “चालक त ज्यान जोगाउन भन्दै गाडी सडकमै छोडेर भागेछ, मोबाइलसमेत बन्द गरेको छ । ”
आजको गोरखापत्रमा खबर छ ।
आजको गोरखापत्रमा खबर छ ।

