न्युयोर्क, ११ असोज: परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले असंलग्न अभियानको सिद्धान्तले यसका सदस्यहरूलाई शान्तिको संस्कृतितर्फ अभिप्रेरित गर्ने बताउनुभएको छ ।
संयुक्त राष्ट्र सङ्घको मुख्यालयको अति कम विकसित मुलुकहरूको मन्त्रिस्तरीय बैठकमा आज सहभागी हुँदै मन्त्री ज्ञवालीले उक्त कुरा बताउनुभएको संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगले आज जारी गरेको एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बैठकमा उहाँले यस अभियानका सदस्यहरूले एकतामा आबद्ध भई कसैलाई पनि पाखा नपारी शान्त विश्व निर्माण गर्न योगदान गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री ज्ञवाली आजै अति कम विकसित मुलुकहरूको मन्त्रिस्तरीय बैठकमा पनि सहभागी हुनुभयो । उक्त बैठकमा उहाँले गरीबी, असमानता, बेरोजगारी, मौसम परिवर्तन, प्राकृतिक प्रकोप तथा आन्तरिक द्वन्द्व अति कम विकसित मुलुकका प्रगतिमा बाधा भएको बताउनुभयो ।

