अष्ट्रेलिया पठाइदिन्छु भन्दै करोडौं ठगी गर्ने २ मलेशियन र १ अष्ट्रेलियन पक्राउ

काठमाडौं, २६ भदौं– अष्ट्रेलिया पठाइदिन्छु भनेर करोड ठगी गर्ने २ जना मलेशियन र एक जना अष्ट्रेलियन नागरिकलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ परेका छन ।

नेपालमा आई एफपी एजुकेशन कन्सल्टेन्सी प्रा.ली. संचालक चुन्टी लामा लगायत ११ जना नेपाली विधार्थीहरुलाई आईएलटीएस विना नै अष्ट्रेलिया अध्ययनको लागि पठाइदिने भनि एक करोड २५ लाख ठगी गरेको प्रहरीले जनाएको छ । आफूहरूलाई ठगेको भन्दै कन्सल्टेन्सीका संचालक लामा लगायत पीडित विद्यार्थीहरुले प्रहरीमा उजुरी दिएका थिए ।

प्रहरीले मलेशियन नागरिक रामदास बस्कारादास र धर्मलिङगम र अष्ट्रेलियाका रविन्द्रलाई पक्राउ गरेको हो । पक्राउ परेका मध्ये रामदासलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ । पक्राउ गरेकाहरुले अरुलाई पनि ठगी गरेको हुनसक्ने भन्दै प्रहरीले त्यसबारेमा अनुसन्धान सुरु गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here