अवैध सुनसहित ६ जना पक्राउ

काठमाडौँ,२८पुस। एक केजी सुनसहित ६ जना पक्राउ भएको छ । विशेष सुराकीको आधारमा आज एसपी सोमबहादुर गुरुङको टोलीले एक केजी सुनसहित भारतीय नम्बर प्लेटको जीप र ६ जना तस्करहरुलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल ७ नम्बर वाहिनी सिरहाले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गोलबजार नगरपालिका र मिर्चैया नगरपालिकाको सीमामा पर्ने घुर्मीखोलाबाट एक केजी सुनसहीत उनीहरुलाई नियन्त्रणमा लिएको छ । आजै पत्रकार सम्मेलन गरी विस्तृत जानकारी गराउने प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here