अवैध मोबाइल फोन बोक्नुभएको छ? सावधान !

काठमाडौ,१७ चैत । तँपाईे बोक्नुभएको मोवाइल फोन कस्तो खालको हो? सस्तोमा पाइयो भनेर अबैध फोन बोक्नु त भएको छैन ? सावधान ! सरकारले अबैध रुपमा भित्रिएका मोवाइल फोन बन्द गर्ने तयारी गरेको छ ।  सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले अबैध रुपमा भित्रिएका मोबाइल फोनहरु तत्काल बन्द गर्ने बताउनुभएको छ । नेपालमा रहेका कुल फोनमध्ये २० प्रतिशत राजस्व नतिरी सञ्चालनमा रहेको भन्दै उहाँल अब आईएमईआई नम्बर दर्ता गरेर मात्रै फोन चलाउने प्रावधान लागू गर्ने बताउनुभयो । सरकारले मोवाइल सेटहरुलाई राजश्वको दायरामा ल्याउने काम अगाडि बढाइसकेको छ । वाषिर्क २५ अर्बको मोवाईल सेटको कारोबार हुने गरेको तथ्यांक छ । तर, झण्डै ५ अर्बका मोबाइल सेट राजश्व नतिरी आउने गरेको मानिएको छ । विदेशमा भएका आफन्तले पठाउने र लिएर आउने फोनको रेकर्ड पनि सरकारसँग छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here