अवैध जडीबुटी र लागुऔषधको कारोबार गर्ने पक्राउ

लितपुर, २२ असार- प्रहरीले अवैध जडीबुटी र लागुऔषधको कारोबार गर्नेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले यो साता मात्रै लागुऔषध कारोबार गर्ने तीन र अवैध जडीबुटीसहित दुई जनालाई पक्राउ  गरेको हो ।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले पक्राउ परेका पाँचै जनाको अनुसन्धान भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले विशेष सूचनाका आधारमा अनुसन्धान गरेर पक्रिएका हौँ, थप अनुसन्धान भइरहेको छ ।” जडीबुटी कारोबारको घटनामा प्रहरीले अनुसन्धानका लागि सम्बन्धित जिल्ला वन कार्यालयमा मुद्दा पठाएको छ ।

प्रहरीले गत २० गते दिउँसो धोबिघाट बस्दै आएका सोम गोले, बानेश्वर बस्ने अन्दीप महर्जन, कालोपुल बस्ने सुदीप बस्नेतलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक चन्दले बताउनुभयो । प्रहरीले उनीहरुबाट लागुऔषध पनि बरामद गरेको छ । बरामद भएको लागुऔषधमा फेनारगन एम्पल २३६, डाइजापाम एम्पल १८७, नुर्फिन १७७ थान रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here