अविरल वर्षाका कारण करीब ७०० बिघा खेतीयोग्य जमीन डुबानमा

कपिलवस्तु, १९ असार-अविरल वर्षाका कारण कपिलवस्तका मायादेवी गाउँपालिका–८ बिजुवाको जमुनी, हरिवंशापुर, बिजुवा र बरकुल गाउँको खेतीयोग्य जमीन जलमग्न भएको छ ।

आईतवारदेखिको अविरल वर्षाका कारण ती क्षेत्रका करीब ७०० बिघा खेतीयोग्य जमीन डुबानमा परेको हो ।

धान रोप्न तयार भएको खेत जलमग्न हुँदा किसान चिन्तित बनेका छन् । बिजुवाको जमुनी, हरिवंशापुर, बिजुवा र बरकुल गाउँको बीचमा रहेको धान खेत जलमग्न भएपछि रोपाइँ भएको करीब ३०० बिघा धान खेती पनि बाढीले बगाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here