अर्थमन्त्री डा युवराज खतिवडाले कृषि क्षेत्रको रुपान्तरणका बारेमा के भने ?

काठमाडौँ, ५ मङ्सिर ।  अर्थमन्त्री डा युवराज खतिवडाले प्रविधि प्रयोगशालामा सीमित हुँदा कृषि क्षेत्रको रुपान्तरण हुन नसकेको बताउनुभएको छ ।
नेपाल समाजशास्त्र सङ्घको आयोजनामा आज राजधानीमा भएको ‘नेपालको कृषि संरचना ः समृद्धिका लागि रचनात्मक परिवर्तन’ विषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले कृषिको उत्पादन मूल्य अरु उत्पादनको तुलनामा सदैव कमजोर रहेकाले उत्पादन लागत घटाउन मूल्य समायोजन महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।
विभिन्न क्षेत्रबाट भएका अध्ययन अनुसन्धानका निष्कर्षसमेत किसानको घरदैलोमा पुग्न नसकेको आँैल्याउँदै उहाँले कृषिलाई आधुनिकीकरण गर्दै प्रविधिको उच्चतम प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here