अर्थमन्त्री खतिवडाले संसदमा भनेः सबै नेपालीलाई रोजगारीको अवसर उपलब्ध गराउन सरकार गृहकार्यमा

काठमाडौं,२६ बैशाख–सबै नेपालीलाई रोजगार अवसर उपलब्ध गराउने उद्देश्यसहित सरकारले आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुत गरेको छ ।

दिगो विकासको लक्ष्य निर्धारण गर्न गरिबीको अन्त्य गर्ने तर्फ केन्द्रित भएर बजेट ल्याउने सरकारको तयारी छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै दु्रत मार्ग, रेल मार्ग, ठुला पूर्वाधार निर्माणलाई प्राथमकिता दिइने तथा यातायात क्षेत्रलाई प्रतिस्पर्धी बनाईने बताउनुभयो ।

प्रदेश र स्थानीय तहलाई जनशक्ति सम्पन्न बनाउने लक्ष्य प्रस्तुत गर्दै मन्त्री खतिवडाले भूकम्प पछिको पुनर्निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, सामाजिक सुरक्षा लगायत विषय आगामी बजेटमा प्राथमिकताका साथ समावेश गरिने बताउनुभयो । आर्थिक अनियमितता र भ्रष्टाचार निर्मुल पार्न सरकार प्रतिबद्व रहेको बताउँदै खतिवडाले विकास निर्माणका योजनामा विदेशी समुदायको लगानी सुरक्षित गरिने दाबी गर्नुभयो । सीपमुलक तालिमको विकास, श्रम अनुसारको पारिश्रमिक तय, पर्यटन प्रवद्र्धन गर्ने लगायत विषय समेत सरकारले बजेटका सिद्धान्त र प्राथमिकतामा उल्लेख गरेको छ ।

यसअघि बैठकमा गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गर्नुभएको राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश २०७५ र कानुन न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले प्रस्तुत गर्नुभएको संघीय संसदका महासचिव, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी अध्यादेश २०७५ सर्वसम्मतिले स्वीकृत भएको छ । कानूनमन्त्री शेरबहादुर तामाङले प्रस्तुत गर्नुभएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश २०७५ बहुमतले स्वीकृत गरीएको छ । news by ekantipur

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here