अरुण तेस्रोको पावरहाउसनजिकै बम पड्किदा जेनेरेटरमा क्षति

काठमाडौँ, २५ माघ। अरुण तेस्रोको पावरहाउसनजिकै २ वटा बम पड्काइएको छ । संखुवासभाको चिचिला गाउँपालिका–३, पुखुवाखोला दोभानमा बन्दै गरेको पावरहाउसदेखि १ सय १५ मिटर पूर्वमा गएराति बम पड्कँदा २ वटा जेनेरेटरमा क्षति पुगेको हो।

सन् २०२२ सम्म उत्पादन हुने अरुण तेस्रो परियोजनाबाट ९ सय मेघावाट विद्युत्त उत्पादन हुनेछ । यस बहुचर्चित परियोजनाको काम भारतीय सतलज कम्पनीले काम गरिरहेको छ ।

भारत भ्रमणको समयमा वैशाख २८ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नुमको फ्याक्सिन्दामा रहेको अरुण तेस्रोको शिलान्यास गर्नुभएको थियो । बम किन र कसले पड्कायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here