”अरुको लाख आमाको काख ”

तिलक रामदाम
नवलपरासी (नवलपुर) गैंडाकोट सुभ टोल,

अरुको लाख आमाको काख भनेजस्तै अरु पनि आमाप्रती समर्पित धेरै भनाइहरु छ्न् । धेरै गीतहरू छन् ,धेरै कविता छ्न लेख छन् किताबहरु छन् । हुन त संसारमा सबैकुरा पाइन्छ तर गुमेपछी आमाको जस्तो निःस्वार्थ माया कहि कतै पाइँदैन आमा शब्द आफैमा पुर्ण छ यसलाई धेरै शब्दहरुले बर्णन गर्नै पर्दैन ।
एउटा सन्तानलाई गर्भधारण गरेर हरेक अप्ठ्यारा असहज चुनौती हरुलाइ सामना गर्दै ९ महिना आफ्नो पेटमा बोकेर मृत्यु संग लडि लडि संसार देखाउने आमा तिमी महान छौं । मलाई पेटमा बोकेर घास दाउरा बोक्न जादा, बसेर अगेनामा आगो बाल्दा,जुठेल्ना भरिका भाडा माझ्दा तिमिले भोगेका ती पल म जन्मेपछि १० धारा आफ्नो हृदय चिरेर ख्याएको त्यो दूध जसलाई लेख्न म संग कुनै शब्द नै छैन । तिमिले मलाई जन्माएर काखमा बेर्दै दूध चुसाउँदै मेरो मुखमा हेर्दै तोते आवाज निकाल्दै बोलेका शब्द र दृश्य अलि परबाट टुलुटुलु हेर्ने मेरो बाबाको मनमा दिमागमा त्यतिखेर के आएको थियो होला है आमा ?

तिमीले गरेका सबै म प्रतिका भोगाइ मेहनत प्रष्ट देखिन्थे तिमीसंग सबै कुरा त बाबाले भने या भनेनन् तर म तिम्रो पेटमा आएको दिन देखिनै बाबाको पनि खुशीको सिमा थिएन होला गर्भले तिम्रो पेट फुल्दै जादा बाबाको पनि गर्वले छाती उत्तिकै चौडा हुँदै आएको थियो होला । घरिघरि चिन्ता र पिर पनि उत्तिकै थियो होला राम्रै सकुशल जन्मिए त हुन्थ्यो मेरि आइमाई ले पनि धेरै सास्ती भोग्न न परे हुन्थ्यो ।

म जन्मेपछी मेरो अनुहार हेरेर जब तिम्ले ती सबै अप्ठ्यारा भुलेर खुशीले पुलंकित बन्यौ तब बाबा जिम्मेवारी को बोध ले घोत्लिए होलान् । अब छोरा / छोरी जन्मियो राम्रो संग हुर्काउनु छ ,बढाउनु छ राम्रो स्कुलमा पढाउनु छ राम्रोमान्छे बनाउनु छ तर यी जिम्मेवारी र खुशी तिमिले जस्तै मलाई तोते बोल्दै सुमसुमाउदै भनेनन् बाबाले किन कि बाबालाई मायाले मात्रै पुग्दैन राम्रोसँग आफ्नो जिम्मेवारी पूरा गर्नु छ भन्ने थाहा रहेछ ।
तिमी सुत्केरी बसेदेखी बाबाले मलाई दूध आफै तताएर ल्याए खाना आफै बनाए,घाँस दाउरा आफै बोके घर आफै पोते भाडा आफै माझे त्यो पनि त म प्रतिको माया हो आमा तर त्यो माया माया देखिएन एउटा जिम्मेवारी पूरा गरेको सम्झियो देखियो ।
म अलिकति ठुलो भए साथिको जस्तो खेलौना खोज्दै रोए,साथीको जस्तै लुगा माग्दै रोए साथीले खेल्दा कुट्यो भनेर रुदै आए तिमिले अगालोमा बाधेर फकायौ मेरो गालामा चुम्बन दिएर फकायौ बाबाले दिनभरि अरुको काम गरेर पनि मलाई साथीको जस्तै खेलौना किन्दिए, मलाई कुट्ने साथीलाइ हप्काए, साथीको भन्दा राम्रो लुगा किन्दिए त्यो पनि त म प्रतिको माया थियो आमा तर त्यो पनि एउटा बाउको जिम्मेवारी भनियो ।
आज म धेरै बेर बुवालाइ सम्झेर सोचिरहे आमा के मलाई बाबाले माया नै गरेनन् ? गर्दैनन् उनका हरेक म प्रतिका क्रियाकलाप जिम्मेवारी पूरा गरेका भए आमा ? मलाई जान्न मन लाग्यो आमा एउटा बाबाले आफ्नो छोराछोरी प्रती के चाहिँ गर्यो भने त्यो माया भनिन्छ होला ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here