अमेरिकी सैनिकसँगको संयुक्त अभ्यास रोक्न दक्षिण कोरियालाई उत्तरको आग्रह

एजेन्सी ।  उत्तर कोरियाले दक्षिण कोरियालाई दक्षिण कोरियाली राजधानी सोलमा जारी रहेको अमेरिकी सैनिकसँगको संयुक्त सैन्य अभ्यास रोक्न आग्रह गरेको छ ।
उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीहरुको बुधबार बस्ने भनिएको बैठक समेत सोही सैन्य अभ्यासका कारण उत्तर कोरियाले एकतर्फी रुपमा स्थगित गरेको थियो ।

बुधबार दक्षिण कोरियामा बस्ने भनिएको उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित एक बैठक अकस्मात स्थगित भएको जानकारी उत्तर कोरियाले दिएको थियो । त्यसपछि अर्को बैठकका बारेमा केही निर्णय पनि भएको छैन ।

सोलमा दक्षिण कोरिया र अमेरिकाको सैन्य अभ्यास जारी रहेको छ । उत्तर कोरियाले उक्त अभ्यासको विरोध गर्दै आएको छ । बुधबारको बैठक पनि सोही कारणले नबस्ने उसले जनाएको हो ।

दक्षिण कोरियाली र अमेरिकी सैन्य सम्मिलित उक्त हवाई सैन्य अभ्यास यही मे २५ सम्म जारी रहने जनाइएको छ । तर सो सैन्य अभ्यास तत्कालै रोक्नुपर्ने माग उत्तर कोरियाको रहेको छ ।

दक्षिण कोरियामा अहिलेसम्मकै सबैभन्दा ठूलो सैनिक अभ्यास सुरु भएको समाचार पछि नै उत्तर कोरियाले त्यसको विरोध गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here