अमेरिकी राष्ट्रपति ट्रम्पको उत्तर कोरिया प्रतिको कडा प्रतिकृया

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रसंघमा पहिलोपटक सम्बोधन गर्दै अमेरिका र यसका पक्षधरको रक्षा गर्न उत्तर कोरियालाई ध्वस्त पार्ने चेतावनी दिएका छन् ।

उनले उत्तर कोरियाली नेता किम जोङ उन आफ्ना परमाणु कार्यक्रमका कारण आत्महत्याको उद्देश्यमा अघि बढिरहेको जनाएका छन् ।

ट्रम्पले राष्ट्रसंघको ७२ औं महसभालाई सम्बोधन गर्दै ट्रम्पले इरानलाई भ्रष्ट तानाशाही को संज्ञा दिएका छन् । उनले इरानलाई आतंकवादलाई सहयोग र समर्थन गर्न तत्काल बन्द गर्न चेतावनी पनि दिए । उनले तेहेरानसँग परमाणु हतियार सम्बन्धी सम्झौता गरेको भन्दै पूर्वराष्ट्रपति बाराक ओबामाको पनि आलोचना गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here