अमेरिकी राष्ट्रपतिको आट

एजेन्सी–२१ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको मद्दतसहित वा चीनको मद्दत बिनै संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाबाट रहेका परमाणु जोखिम समाधान गर्ने बताएका छन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङसँग यसै हप्ता पहिलोपटक भेटवार्ता गर्न लाग्दा ट्रम्पको पछिल्लो अभिव्यक्ति आएको हो।
राष्ट्रपति ट्रम्पका सुरक्षा सल्लाहकारहरुले सो भेटघाटका लागि नीतिगत सुझाव दिने तयारी गरिरहेका छन् ।
यसअघि आफ्नो पहिलो एसिया भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरियालाई पराजित गर्ने दुई दशकयताको पश्चिमा कूटनीति विफल भएको बताएका थिए ।
राष्ट्रपति ट्रम्पले उत्तर कोरियामाथि चीनको बढी प्रभाव रहेको बताउँदै चीनले अमेरिकालाई सहयोग गर्ने या नगर्ने भन्ने निर्णय लिनुपर्ने उल्लेख गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here