अमेरिकी राष्ट्रपतिका ज्वाई घटुवामा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राजनीतिक सल्लाहाकार रहेका उनका ज्वाईं जेरार्ड कुश्नर घटुवामा परेका छन् ।
घटुवासँगै कुश्नर अबदेखि ह्वाइट हाउसमा हुने उच्चस्तरीय गोप्य बैठकमा जान नपाउने भएका छन् । यस अघिसम्म ह्वाइट हाउसमा दैनिक हुने उच्चस्तरीय गोप्य बैठकमा उनी सहभागी हुँदै आएका थिए ।
सुरक्षा सम्बन्धी क्लियरेन्स पुरा भएपनि परिक्षण अझै नसकिएकाले कुश्नरलाई गोप्य बैठकमा सहभागी हुन प्रतिबन्ध लगाइएको अधिकारीहरुले जनाएका छन् । तर यो प्रतिबन्धले कुश्नरको काममा भने केही प्रभाव नपर्ने ह्वाइटहाउस स्रोतले प्रष्ट पारेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here